काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह भारतको दुईदिने राजकीय भ्रमण सम्पन्न गरी सोमबार साँझ स्वदेश फर्किएका छन् ।
प्रधानमन्त्री शाहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले स्वागत गरेका थिए ।
भारत भ्रमण सम्पन्न गरी स्वदेश फर्किने क्रममा प्रधानमन्त्री शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा भारतवासीप्रति धन्यवाद व्यक्त गरेका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री मोदी र भारतवासीले देखाएको सद्भाव, आतिथ्य तथा सम्मानप्रति आभार प्रकट गरेका हुन् ।
