• Thursday 26th of November 2026

प्रहरीका ६० जना एसपीको सरुवा, १७ जिल्लाका इन्चार्ज फेरिए


  • धनकुटा खबर
  • .

काठमाडौँ । प्रहरीका ६० जना प्रहरी उपरिक्षक (एसपी) हरुको सरुवा भएको छ । आईजीपी डा. मनोज केसीले मंगलबार एसपीहरुको सरुवा सम्बन्धी निर्णय गरेका हुन् ।

सरुवा सुचि अनुसार बारामा कुमार विक्रम थापालाई पठाइएको छ । मोरङमा दिलीप कुमार गिरी, उदयपुरमा धर्मराज भण्डारी, तनहुँमा नरेश राज सुवेदी, बाँकेमा नवराज मल्ल र सिन्धुपाल्चोकमा निरन्जन दत्त भट्ट र पूर्वी नवलपरासीमा निर्मल बुढाथोकीलाई सरुवा गरिएको छ ।

पर्सामा यसअघि काज सरुवा भएका पवन कुमार भट्टराई र सुनसरीमा पुष्पराज मल्लको दरबन्दी कायम गरिएको छ ।

बर्दियामा बाल नरसिंह राणालाई सरुवा गरिएको छ । धादिङमा भरत लामा, कास्कीमा मोहन बहादुर खाण र कैलालीमा यादव ढकाललाई सरुवा गरिएको छ ।

पाल्पामा रबिन श्रेष्ठ, भक्तपुरमा रुकेश तण्डुकार र सप्तरीमा रूपक खड्कालाई सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । दाङमा श्यामु अर्याललाई पठाइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖