• Wednesday 7th of October 2026

क्वालम्पुरबाट काठमाडौँ आएको मालिन्डो एयरमा चरा ठोक्किएको आशङ्का


  • धनकुटा खबर
  • .

काठमाडौँ । मलेसियाको क्वालम्पुरबाट काठमाडौँ आएको मालिन्डो एयरमा चरा ठोक्किएको आशङ्कापछि शनिबार केही बेर विमानस्थल बन्द गर्नुपरेको छ ।

विमान अवतरण गर्ने क्रममा मरेको चरा भेटिएपछि चेकजाँचका लागि केही बेर विमानस्थल बन्द गर्नुपरेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाका अनुसार मालिन्डो एयरले अवतरण गर्ने क्रममा ‘सस्पेक्टेड बर्ड स्ट्राइक’ रिपोर्ट गरेको थियो । त्यसैको चेकजाँचका लागि करिब २० मिनेट विमानस्थल बन्द गर्नुपरेको उनको भनाई छ ।

हवाई सुरक्षाका लागि यो नियमित प्रक्रिया भएको उनले बताए । विमानमा भने कुनै क्षति नदेखिएको उनले जानकारी दिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖