• Saturday 28th of November 2026

जापानमा नेपाली विद्यार्थी गोमाको रहस्यमय मृत्यु


  • धनकुटा खबर
  • .

जापान । कैलालीको लम्की–बाहुनपुर घर भएकी नेपाली विद्यार्थी गोमा राउतको जापानमा असामयिक निधन भएको छ ।

निशी टोकियो इन्टरनेसनल कलेजमा अध्ययनरत राउतको शोवा जनरल अस्पतालमा निधन भएको जानकारी प्राप्त भएको छ ।

उनको मृत्यु रहस्यमय भन्दै पार्थिव शरीरलाई थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया पूरा गर्न प्रहरीको नियन्त्रणमा रहेको बताइएको छ।

घटनासम्बन्धी थप अनुसन्धान तथा प्रशासनिक प्रक्रिया अगाडि बढिरहेको छ। विदेशी भूमिमा अध्ययनसँगै उज्ज्वल भविष्यको सपना बोकेर अघि बढिरहेकी गोमा राउतको निधनको खबरले जापानमा रहेका नेपाली समुदायलाई स्तब्ध बनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖