• Wednesday 7th of October 2026

भरतपुर महानगर लेखिएको फेसबुक पेजमा कसरी पोष्ट भयो पोर्न भिडियो विज्ञापन ?


  • धनकुटा खबर
  • .

चितवन । दसैँ बिदाको समयमा भरतपुर महानगरपालिकाको नाम लेखिएको फेसबुक पेजबाट पोर्न भिडियोको विज्ञापन शेयर भएको छ ।

आजै चार घण्टाअघि भरतपुर महानगरपालिका नाम भएको फेसबुकको स्टोरीमा पोर्न भिडियोको विज्ञापन राखिएको हो ।

कार्टुनमा बनाइएको अश्लील पोर्न विज्ञापन राखी थप भिडियोको लागि स्वीप अप गर्न भनिएको छ ।

यसअघि उक्त पेजमा भने महानगरको आधिकारिक सूचनाहरु पोष्ट भएको देखिन्छ । तर, महानगरपालिकाले भने अंग्रेजीमा भरतपुर लेखी फेरि भरतपुर महानगरपालिका लेखिएको उक्त फेसबुक पेज आफ्नो आधिकारिक नभएको जनाएको छ ।

भरतपुर महानगरपालिकाका सूचना अधिकारी मेनका पण्डितले महानगरको आधिकारिक एडमिन नभएको पेज भएको बताइन्। उनले भनिन्,’ हामीले महानगरको पेजमा भरतपुर महानगरको आधिकारिक फेसबुक पेज लेखेका छौँ, यो पेज कुनै व्यक्तिले चलाएको हुनुपर्छ ।’

उनले पेजको दुरुपयोग गरिएकोले महानगरपालिकाको मार्फतबाट उक्त भिडियोलाई रिपोर्ट गर्न समेत अनुरोध गरेकी छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖