काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले आगामी डिसेम्बरमा हुने आईसीसी पुरुष क्रिकेट विश्वकप छनोट प्लेअफ २०२६ का लागि १५ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ ।
डिसेम्बर ४ देखि २१ सम्म सञ्चालन हुने उक्त प्रतियोगिताका लागि सन्दीप लामिछानेको कप्तानीमा टोली सार्वजनिक गरिएको हो । घोषित टोलीमा अभिशेष गौतमले पनि स्थान बनाएका छन् । उनी पहिलोपटक एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेट खेल्ने लाइनमा रहेका छन् ।
क्यानले टोलीको घोषणा गर्दै “लेट्स ब्रिङ इट होम ब्वाइज” (Let’s bring it home boys) भनेर लेखेको छ ।
घोषित १५ सदस्यीय नेपाली टोली :
सन्दीप लामिछाने (कप्तान)
आसिफ शेख
अर्जुन कुमाल
इशान पाण्डे
देव खनाल
कुशल भुर्तेल
रशिद खान
रोहित पौडेल
दीपेन्द्रसिंह ऐरी
गुलशन झा
बसिर अहमद
करण केसी
नन्दन यादव
ललितनारायण राजवंशी
अभिशेष गौतम
