• Monday 5th of October 2026

विश्वकप विजेता चार्ल्टनको निधन


  • धनकुटा खबर
  • .

लन्डन — इंग्ल्यान्ड र म्यानचेस्टर युनाइटेडका महान फुटबल खेलाडी बबी चार्ल्टनको शनिबार निधन भएको छ । युनाइटेडले ८६ वर्षको उमेरमा उनको निधन भएको पुष्टि गरेको छ ।

युनाइटले भनेको छ, ‘क्लबको इतिहासकै सबैभन्दा उत्कृष्ट खेलाडीको निधनले हामी दुःखी छौं । उनी सबैभन्दा प्रिय खेलाडी थिए ।’ यनाइटेडमा उनले १७ वर्ष बिताए ।

इंग्ल्यान्डले सन् १९६६ मा विश्वकप जित्दा चार्ल्टन प्रमुख खेलाडी थिए । उनले इंग्ल्यान्डका लागि १ सय ६ क्याप जिते र त्यसमा ४९ गोल गरे ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖