• Monday 5th of October 2026

कफी विथ करण नयाँ सिजनको पहिलो अतिथि बन्दै दीपिका–रणवीर


  • धनकुटा खबर
  • .

मुम्बई । करण जोहरको सेलिब्रेटी च्याट शो कफी विथ करणको ८औँ सिजन छिट्टै सुरु हुँदैछ । यो सिजनको पहिलो एपिसोडमा बलिउडको पावर कपल रणवीर सिंह र दीपिका पादूकोणलाई एक साथ देख्न पाइने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यसअघि पनि यी दुवै शोमा आइसकेका छन् । तर हरेक पटक यिनीहरू छुट्टा छुट्टै आएका थिए । कफी विथ करणमा रणवीर र दीपिकालाई पहिलो पटक सँगै देख्न पाइनेछ । शोमा दुवैले आफ्नो बिहेका केही एक्सक्लुशिभ भिजुअल देखाउन सक्ने बताइएको छ । यी दुईको बिहे सन् २०१८ मा इटलीमा भएको थियो ।

यो एपिसोडको सुटिङका ​​क्रममा सेटमा उपस्थित मानिसहरुका अनुसार यो एपिसोडमा जोडीले आफ्नो प्रेमकथाको बारेमा पनि कुरा गर्ने छन् । दुबैको भेट कसरी भयो, कसरी सम्बन्धमा आए र कसरी दुबैले बिहे गर्ने निर्णय गरे । यी सबै कुराहरू एपिसोडभर छलफल गरिनेछ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖