• Wednesday 7th of October 2026

खसीको मासु छ? यसरी बनाउनुहोस् मटन बिरयानी


  • धनकुटा खबर
  • .

दसैंमा मासुको परिकार खाने हाम्रो परम्परा जस्तै हो।
यो समयमा अधिकांशले आफ्नो घरमा खसी काट्ने वा बजारबाट ल्याएर भने पनि धेरै परिमाणमा मासु खान्छन्।

मासु जति धेरै ल्याए पनि सही तरिकाले पकाउन जानिएन भने हाम्रो खर्च व्यर्थ हुन जान्छ।

आज हामीले सेफ कुमार चालिसेको सहयोगमा मटन बिरयानी कसरी बनाउने भनेर सिकाएका छौं।

आवश्यक सामग्री
खसीको मासुः १ केजी
esewaLaxmi bank
प्याजः ५ सय ग्राम
लसुनः ४५ ग्राम
NchlThe web
अदुवाः ४५ ग्राम
तेजपत्ताः दुई-चार पत्ता
गरम मसलाः २० ग्राम
केशरः २५ एमएल
घिउः ५० ग्राम
नुनः स्वाद अनुसार
चामलः आवश्यकता अनुसार
बनाउने तरिका
हामीले १ केजी मासु लिएका छौं। तर तपाईंहरूले आफ्नो आवश्यकता अनुसार यसमा घटबढ गर्न सक्नुहुन्छ।

सबभन्दा पहिले भाँडोमा करिब ५० ग्राम घिउ तताउने। घिउ तातेपछि प्याज हाल्ने र त्यसलाई रातो हुनेगरी फ्राइ गर्ने। प्याज फ्राइ भइसकेपछि त्यसमा मासु हाल्ने।

त्यसपछि त्यसमा गरम मसला, अदुवा र लसुन, राखेर केहीबेर पकाउने। त्यस लगत्तै ७ देखि ८ गिलास पानी राखेर छोप्ने। मासु राम्रोसँग पाकेपछि झोल र पिस छुट्याउने। त्यसमा अब करिब ३ गिलास झोल बाँकी रहन्छ।

मटन बिरयानीका लागि भात पनि आवश्यकता पर्छ। त्यसैले चामललाई नुन राखी उसिन्ने। भात राम्रोसँग पाकेपछि त्यसमा रहेको पानी हटाएर सुख्खा बनाउने।

अब अन्त्यमा अघि पाकेको मासु र भात मिसाउने। त्यसमा ‘रोज वाटर’ अर्थात गुलाब जल पनि छर्किने। भात माथि धनियाँ र केशर राख्ने र राम्रोसँग मोल्ने। सबै राम्रोसँग मिसिएपछि फेरि केहीबेर पकाउने।
यति गरेपछि मटन बिरयानी तयार हुन्छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖