• Wednesday 7th of October 2026

छुरा प्रहार गरि श्रीमतिको हत्या


  • धनकुटा खबर
  • .

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको वडा नम्बर १४ बहुअरी निवासी महिमा खातनुको छुरा प्रहार गरिे हत्या भएको छ । शनिबार राति श्रीमानको छुरा प्रहारबाट गम्भिर घाइते भएकी महिमाको आज मृत्यु भएको हो ।

छुरा प्रहारबाट गम्भिर घाइते महिमाको वीरगञ्ज हेल्थ केयरमा उपचार क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरिक्षक (डिएसपी) ध्रुव कुमार श्रेष्ठले बताए ।

मृतकको शव पोष्टमार्टमको लागि वीरगञ्जस्थित नारायणी अस्पतालमा राखिएको र घटना बारे अनुसन्धान भइरहेकोले थप विवरण पछि पत्रकार सम्मेलन गरेर जानकारी गराइने डिएसपी श्रेष्ठले वताए ।

छुरा प्रहार गर्ने आरोपति श्रीमान इजहारुल हक अंसारी फरार रहेको र घटनामा सलंगन इजहारुलको जेठी श्रीमती नुर जहान खातुनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मृतक महिमा इजहारुलका कान्छि श्रीमती हुन् । जेठी श्रीमतीसंग बालबच्चा नभएपछि इजहारुलले जिल्ला बारा कलैया उपमहानगरपालिकाको घुसुकपुरुवा निवासी मृतक महिमासंग विवाह गरेका थिए । महिमाको एउटा छोरी र एक छोरा रहेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖