• Tuesday 6th of October 2026

दिमाग तेज बनाउने सात उपायहरु !


  • धनकुटा खबर
  • .

मस्तिष्कलाई के गर्दा तेज र स्वस्थ राख्न सकिन्छ भन्ने विषयमा धेरैको जिज्ञासा रहने गरेको पाइन्छ। हुन त जे गर्दा मस्तिष्कलाई नराम्रो असर पर्छ त्यसलाई नगर्नु नै मस्तिष्कलाई स्वस्थ्य पार्नु हो तै पनि छोटकरीमा यहाँ चर्चा गर्दा राम्रै हुने छ।

(१) सन्तुलित आहारः चिल्लो र वोसो कम भएको खानाको साथमा प्रशस्त हरियो सागपात र फलफूलहरु खाने। ओखर, बदाम जस्ता खानेकुराहरु खाने।

(२) शारीरिक व्यायाम: दैनिक ३० देखि ४५ मिनेट जति हिड्ने तथा व्यायामहरु गर्ने।

(३) कम्तीमा पनि दैनिक ७ घण्टा सुत्नु शरीर र दिमागको लागी राम्रो हुन्छ।

(४) मेडिटेसन: मेडिटेसनले दिमागलाई निकै राम्रो गर्छ र मानसिकत नाव घटाउँछ। दैनिक २० देखि ३० मिनेट जति ध्यान गर्दा राम्रो हुन्छ।

(५) मानसिक तनाव कम गर्ने: शारीरिक व्यायाम, निद्रा र ध्यानले मानसिक तनाव कम गर्दछ। यस बाहेक कुनै समस्या पर्दा समाधान गर्ने तर्फ लाग्नु राम्रो हुन्छ।

(६) चिन्ता रोग, डिप्रेसन वा अन्य मानसिक रोग लागेमा समय मै उपचार गराउने। मानसिक रोगले दिमागलाई सुस्त पार्दछ र त्यसैले समय मै उपचार गर्नु उत्तम हुन्छ।

(७) प्रार्थना, पूजा आदि गर्ने: आफ्नो आस्था र धर्म अनुसार प्रार्थना वा पूजा गर्दा मनमा शान्ती हुन्छ, मानसिक तनाव घट्छ र आनन्दको अनुभूति हुन्छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖