• Wednesday 7th of October 2026

रक्सी खाएर उच्छृङ्खल गतिविधि गर्ने वडाध्यक्ष महर्जन रातभर प्रहरी थुनामा


  • धनकुटा खबर
  • .

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष हिराकाजी महर्जन रातभर प्रहरी थुनमा बसेर छुटेका छन् ।

मदिरा सेवन गरेर उच्छृङ्खल गतिविधि गरेपछि उनलाई प्रहरीले आइतबार साँझ नियन्त्रणमा लिएर सोमबार बिहान छाडेको हो । महर्जनलाई रातभरि थुनामा राखिएको पर्सा प्रहरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कोमल शाहले पुष्टि गरे ।

महर्जनलाई सोमबार बिहान १० बजे आफन्तको जिम्मा लगाएर घर पठाइएको एसपी शाहले जानकारी दिए ।

शाहका अनुसार वडाध्यक्ष महर्जनले आइतबार राति रक्सी सेवन गरेर होहल्ला गरेको गरेको भन्दै स्थानीयहरूले प्रहरीलाई जानकारी गराएका थिए । घटनास्थलमा पुगेको प्रहरीसँग समेत महर्जनले अभद्र व्यवहार गरेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएर रात भरी थुनामा राखिएको थियो ।-यात्रा डेली

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖