• Monday 5th of October 2026

बस दुर्घटना हुँदा ४ जनाको मृत्यु


  • धनकुटा खबर
  • .

इन्डोनेसियाको पश्चिमी जाभा प्रान्तको सिआनजुरमा बस ठोक्किँदा कम्तीमा चारनाको मृत्यु भएको छ।

दुर्घटनाको प्रारम्भिक अनुसन्धान अनुसार मङ्गलवार दिउँसो २ः३० बजे पुनककको रिसोर्ट र पर्यटन क्षेत्रतर्फ जाने राजमार्गमा सो बस दुर्घटना भएको हो।

सियानजुर ट्राफिक प्रहरी प्रमुख अधि प्रसाद्यले स्थानीय सञ्चारमाध्यमलाई बोगोर शहरबाट सियानजुर जाँदै गरेको सो बसमा २४ जना सवार रहेको बताएका छन्।

दुर्घटनामा परी कम्तिमा १६ जना घाइते भएका छन् र तिनीहरूको नजिकैका अस्पतालमा उपचार भइरहेको छ। रासस

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖