• Monday 5th of October 2026

इजरायली हमलामा गाजामा ७०० जनाभन्दा बढी मारिएको दाबी


  • धनकुटा खबर
  • .

एजेन्सी । गाजा क्षेत्रमा मंगलबार इजरायली आक्रमणमा ७०० जनाभन्दा बढी नागरिक मारिएको स्थानीय स्वास्थ्य अधिकारीले दाबी गरेका छन् ।

गाजामा मानवीय मामिला समन्वय सम्बन्धी संयुक्त राष्ट्रको कार्यालयले जनाएअनुसार इजरायल–हमास संघर्षमा एकै दिन मारिएको यो सबैभन्दा धेरै परिमाण हो । यद्यपि मृतकको संख्याबारे स्वतन्त्र पुष्टि हुन सकेको छैन ।

७ अक्टोबरका दिन हमासले इजरायलमाथि हमला गरेको थियो, जसमा एक हजार ४०० भन्दा बढी इजरायलीको मृत्यु भएको थियो । उक्त हमलापछि इजरायलले लगातार गाजा क्षेत्रमा सैन्य कारबाही गर्दै आएको छ ।

विश्वका विभिन्न मुलुकले यो संघर्ष अन्त्यका लागि प्रयास गरिरहेका छन् । यसै सन्दर्भमा अमेरिकी राष्ट्रपति जो बाइडेनले साउदी युवराज मोहम्मद बिन सलमानसँग फोनवार्ता गरेका छन् ।

ह्वाइट हाउसका अनुसार दुवै नेता संघर्ष फैलिनबाट रोक्नुपर्ने पक्षमा सहमत भएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖