• Monday 5th of October 2026

टेलर स्वीफ्ट बनिन् अर्बपति, कति पुग्यो सम्पत्ति?


  • धनकुटा खबर
  • .

अन्तर्राष्ट्रिय पप सुपरस्टार टेलर स्वीफ्ट संसारका धनाढ्य व्यक्तिहरूको सूचीमा परेकी छन्।

सांगीतिक एल्बमको बिक्री र अन्तर्राष्ट्रिय संगीत यात्राबाट भएको कमाइले नै धनाढ्यहरूको सूचीमा नाम दर्ज हुने उनी पहिलो गायक हुन्। पछिल्लो समय टेलर स्वीफ्टको ‘इरास टूर’ नामक कन्सर्ट फिल्म खुबै लोकप्रिय भएको थियो।

यसअघि रिहाना र जे–जेड पनि उक्त सूचीमा परेका थिए। तर उनीहरूको आम्दानीमा गायनका अतिरिक्त अन्य व्यवसायबाट भएको कमाइसमेत जोडिएको थियो। रिहानाको आम्दानीमा उनले प्रचारप्रसार गर्ने सौन्दर्य सामग्री र कपडाको ठूलो हिस्सा छ। जे–जेडले पनि गीत–संगीतका अतिरिक्त अन्य विभिन्न व्यावसायिक क्षेत्रमा लगानी गरेका छन्।
ब्लुमबर्गले हालै सार्वजनिक गरेको सूचीअनुसार टेलर स्वीफ्टको आम्दानी १ अर्ब १० करोड अमेरिकी डलर पुगेको छ।

उनले सन् २०१९ यता म्युजिक एल्बम रिलिजबाट मात्र ४० करोड डलर कमाएको ब्लुमबर्गले जनाएको छ। कन्सर्टको टिकट लगायतका सामान बिक्रीबाट ३७ करोड डलर कमाइ गरेकी छन्। यसबाहेक स्पोटिफाई र युट्युबबाट उनले १२ करोड डलर कमाएकी छन् भने गीति एल्बमको बिक्री रोयल्टीबाट थप ८ करोड डलर कमाएकी छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖