• Thursday 8th of October 2026

आजको चन्द्रग्रहण नेपालबाट स्पष्ट देखिने, कुन-कुन राशिलाई शुभ ?


  • धनकुटा खबर
  • .

काठमाडौं । आश्विन शुक्ल पूर्णिमामा कार्तिक ११ गते शनिबार खण्डग्रास चन्द्रग्रहण लाग्ने नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ।

राति १:१९ बजे स्पर्श हुने चन्द्रग्रहणको सुतक दिउँसो ४:१९ बजेदेखि सुरु हुने समितिका सदस्य समेत रहेका धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईले जानकारी दिए। राति २:३८ बजे ग्रहणको मोक्ष अर्थात समाप्त हुने समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख छ।

आजको खण्डग्रास चन्द्रग्रहण नेपालमा स्पष्ट देखिनेछ । ग्रहण एसिया अफ्रिका र युरोपबाट पनि देखिनेछ जनाइएको छ । आजको चन्द्रग्रहण हेर्दा कुनै सावधानी अपनाउन पर्ने छैन, यसै खुला ठाउँबाट स्पष्ट देख्न सकिन्छ । नेपालबाट यसपछि २०८१ भदौमा मात्रै चन्द्रग्रहण देखिनेछ ।

आजको चन्द्रग्रहणसम्बन्धी जानकारी

कात्तिक ११ गते राति १:२० मा ग्रहणको प्रारम्भ हुने र समाप्ति राति २:३८ मा हुने

चन्द्रमाको पूर्वपट्टिको भाग काटिएको जस्तोमात्रै देखिने
यो ग्रहण १ घण्टा १८ मिनेटसम्म देख्न सकिने
नेपालबाट यसपछि २०८१ भदौमा मात्रै चन्द्रग्रहण देखिने
चन्द्रग्रहण हेर्दा कुनै सावधानी अपनाउन नपर्ने, यसै खुला ठाउँबाट स्पष्ट देख्न सकिने

शनिबारको कोजाग्रत पूर्णिमाको पूजामा यसले कुनै असर नपार्ने शास्त्रीय निर्णय
धर्मशास्त्रलाई मान्ने हो भने मिथुन, कर्कट, वृश्चिक, कुम्भ राशिले बाहेक अरुले हेर्न नहुने

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖