• Thursday 8th of October 2026

बुध गोचर बाट बन्दै नीचभंग राजयोग : यी ४ राशिको चम्किनेछ भाग्य !


  • धनकुटा खबर
  • .

ज्योतिष शास्त्र अनुसार ग्रहहरुको गोचरले सबै राशिहरुमा शुभ या अशुभ प्रभाव पार्छ। यस अवधिमा ग्रहहरूले राशि परिवर्तन गरेर विशेष योग बनाउँछन्। गत चैत्र २ गते(१६ मार्च) बिहिबार बुध गोचर भएको छ। बुधले मीन राशिमा प्रवेश गरी नीचभंग राजयोगको निर्माण गरेको छ।

चार विशेष राशिका लागि यो राजयोग निकै शुभ रहनेछ। उनीहरुको भाग्य उदय हुनेछ। उनीहरुले धेरै लाभ प्राप्त गर्नेछन्। आउनुहोस् जानौं यो राजयोगबाट कुन-कुन मानिसहरूलाई फाइदा हुनेछ।

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

वृष राशिका मानिसहरुमा नीचभंग राजयोगको शुभ प्रभाव देखिनेछ। उनीहरुको आर्थिक स्थितिमा सुधार आउनेछ। काममा धन लाभ हुनेछ। कामको सिलसिलामा वैदेशिक यात्रा हुनसक्छ। व्यापार – व्यवसाय गर्नेहरुले दोब्बर नाफा कमाउनेछन्।

भाग्यले तपाईलाई हरेक मोडमा साथ दिनेछ। भाग्यको दममा लामो समयदेखि रोकिएका कामहरु पूरा हुनेछन्। घरजग्गाको मामिलामा निर्णय तपाईको पक्षमा हुनेछ। शत्रु तपाईको अगाडि कमजोर हुनेछन्। पुराना साथीभाइसँगको भेटघाट लाभदायक हुनेछ। धन सम्बन्धी समस्याको अन्त्य हुनेछ। सापटी दिएको रकम फिर्ता हुनेछ।

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

नीचभंग राजयोगले मिथुन राशिको जीवनमा धेरै खुसी ल्याउनेछ। तपाईका सबै दुख-दर्दहरु क्रमशः समाप्त हुनेछन्। जीवनमा नयाँ आशाको किरण देखा पर्नेछ। समाजमा तपाईको मान प्रतिष्ठा बढ्नेछ। नोकरीमा बढुवा हुन् सक्छ। व्यापारीहरूले अपार मुनाफा कमाउनेछन्।

कामको सिलसिलामा लामो यात्रामा जान सकिनेछ। सन्तानको सुख मिल्नेछ। परिवारमा खुशीको माहोल रहनेछ। प्रियजन तथा आफन्तजनसँग निकटता बढ्नेछ। कतैबाट अचानक धनलाभ हुनेछ। अड्डा-अदालतको मामिलामा फैसला तपाईकै पक्षमा हुनेछ। भौतिक सुखसुविधामा वृद्धि हुनेछ।

• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

कन्या राशिका लागि नीचभंग राजयोगले धेरै लाभ दिनेछ। खासमा तपाईको राशिमा हंस राजयोग पनि बनिरहेको छ। अर्थात् हरेक कुरामा दोब्बर लाभ हुनेछ। नयाँ व्यापार-व्यवसाय सुरु गर्न चाहनुहुन्छ भने यो समयावधि अत्यन्तै अनुकूल रहेको छ।

कार्यक्षेत्रमा प्रगति गर्नुहुनेछ। बोस तपाईको कामबाट खुशी हुनेछन्। घर खरिद-बिक्रीको योग बन्न सक्छ। रचनात्मक क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूले ठूलो आर्थिक लाभ प्राप्त गर्नेछन्। समाजमा तपाईको प्रतिष्ठा बढ्नेछ। भाग्यले हरेक पल साथ दिनेछ। जुन काममा हात हाल्नुहुन्छ ती काम सफल हुनेछन्।

• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –

धनु राशिका व्यक्तिहरूलाई नीचंभग राजयोगले आर्थिक लाभ दिनेछ। धन आर्जनको नयाँ अवसर मिल्नेछ। भाग्यको दममा धेरै पैसा कमाउनुहुनेछ। आफ्ना अगाडी आएका अवसरलाई पहिचान गरी अगाडी बढ्नुहोस्। सन्तानको सम्बन्धमा केही शुभ समाचार मिल्नेछ। स्वास्थ्य अवस्था राम्रो रहनेछ। विपक्षीहरू पराजित हुनेछन्। घरमा माङ्गलिक कार्य हुन् सक्छ। धार्मिक यात्रामा जान सकिनेछ। घरमा नयाँ पाहुनाको आगमन हुनेछ। बेरोजगारले रोजगारको अवसर पाउनेछन्। व्यापारमा लाभ बढ्नेछ। विवाहको योग बन्न सक्छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖