• Thursday 8th of October 2026

दशैं मनाएर फर्किंदा मोटरसाइकल दुर्घटनामा मृत्यु


  • धनकुटा खबर
  • .

रूपन्देही । दशैं मनाएर स्याङ्जादेखि बुटवलतर्फ आउँदै गर्दा पाल्पामा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी स्याङ्जा वालिङ नगरपालिका-५ का ४१ वर्षीय मोहनीलाल थापाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार लु १४ प ८८७१ नम्बरको मोटरसाइकलमा सवारी उनी पाल्पाको माथागढी–१ बिरौटामा शनिबार दिउँसो दुर्घटनामा परेका थिए ।

सिद्धार्थ राजमार्ग अन्तर्गत विरौटामा दुर्घटनामा परी घाइते भएका उनलाई थप उपचारका लागि जिल्ला अस्पताल पाल्पा पठाइएकोमा डाक्टरले मृत घोषणा गरेका थिए । घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जनाए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖