• Thursday 8th of October 2026

दुई जना मृत अवस्थामा फेला


  • धनकुटा खबर
  • .

काठमाडौँ । काठमाडौँका विभिन्न स्थानमा दुई जना मृत अवस्थामा फेला परेका छन् ।

काठमाडौँको टोखा नगरपालिका-३ सूर्यदर्शन हाईट बस्ने नुवाकोट विदुर नगरपालिका-९ घर भएका ४९ वर्षीय दीपक खड्का आफ्नै घरमा शुक्रबार मृत अवस्थामा फेला परेका हुन् । यसैगरी काठमाडौँ महानगरपालिका-१५ बिजेश्‍वरी डेरा गरी बस्ने दोलखा वैतेश्‍वरी गाउँपालिका-१ घर भएका ३० वर्षीय अरुण लामा आफ्नै कोठामा शनिबार मृत अवस्थामा फेला परेका छन् ।

उता दार्चुलाको महाकाली नगरपालिका-४ खलंगास्थित शिवनगर खेलमैदान नजिक महाकाली कोरिडोर छेउमा सोही नगरपालिका-४ डेरा गरी बस्ने दुहुँ गाउँपालिका-२ हिकिला घर भएका ३५ वर्षीय जय राम टमटा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖