• Thursday 8th of October 2026

हल्दिवारी माविकी १७ बर्षीय छात्रा बालिका आफ्नै घरमा मृत फेला


  • धनकुटा खबर
  • .

हल्दिवारी । हल्दिवारी माविमा अध्यनरत अन्दाजी बर्षिय १७ छात्रा बालिका बस्नेत आफ्नै घरमा झुन्डिएको अवस्थामस मृत फेला परेको स्थानीय जलथल प्रहरीले जनाएको छ ।

हल्दिवारी – ४ काजली पुल पुर्व ऐनावारीमा बसोबास गर्दै आएकी बालिका हल्दिवारी माविमा कक्षा १२ मा अध्यनरत रहेकी माविका प्रअ टंक बहादुर पाखृनले जानकारी दिनु भएको छ ।

बीस दिन अगाडि उनकी साथीले समेत घरमा झुन्डिएर आत्महत्या गरेकी थिईन ।

मृतक बालिकाका बुबा वैदेशिक रोजगारीका लागि बाहिर गएका छ्न भने आमा , दाइ र बैनिका साथ उनी बस्दै आएकी थिइन् । मृतक बस्नेत कि आमाले अन्दाजी ३ : ३० बजे दिउँसो उनी सुत्ने कोठामा झुन्डिएको अबस्थामा देखेपछि छरछिमेकीलाई खवर गरेकि थिइन् ।

बालिकाको सवलाई आवश्यक छानबिन पश्चात् जिल्ला प्रहरी कार्यालय र जलथल प्रहरी चौकीको अनुसन्धान टोलिले पोस्ट मार्टमको लागि मेची प्रादेशिक अस्पताल भद्रपुर पठाएको प्रहरीले जनाएको छ ।-हल्दिबारी डटकम

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖