• Thursday 8th of October 2026

ढुंगा प्रहार गरि छोराले गरे बुवाको हत्या


  • धनकुटा खबर
  • .

धनगढी । कैलालीमा ढुंगा प्रहार गरि एक जनाले बुवाको हत्या गरेका छन् ।

जानकी गाउँपालिका वडा नम्बर ३ लाइकपुर बस्ने २५ वर्षीय गणेश चौधरीले बुवा ४५ वर्षीय हिरासिंह चौधरीको हत्या गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीकाअनुसार चौधरीले घरायसी विवादको क्रममा ढुङ्गा प्रहार गर्दा हिराको घरकै आँगनमा मृत्यु भएको थियो ।

उनलाई पक्राउ गरेर अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖