• Monday 5th of October 2026

साढे दुई सय वर्ष पुरानो थिएटर टोकन किन चर्चामा छ ?


  • धनकुटा खबर
  • .

काठमाडौं । १७६६ को थिएटर टोकन लिलामी हुन गइरहेको छ। यस टोकनको सबैभन्दा विशेष कुरा यो हो कि यसलाई देखाएर कुनै पनि व्यक्तिले आज पनि सित्तैमा शो हेर्न सक्छन्।

बेलायतमा ब्रिस्टल ओल्ड विक थियेटरका पहिलो संरक्षकहरूको लागि ५० वटा टोकनहरू बनाइएका थिए।

यो टोकनमा लेखिएको छ, “यो टोकन धारक थिएटरमा देखाइएका प्रत्येक कार्यक्रम हेर्नको लागि हकदार छ।”

यो हेनरी एल्ड्रिज एन्ड सन्स अक्सन हाउसमा लिलामी भइरहेको छ।

लिलामी घरले यस टोकनको बोली १,५०० देखि २,५०० पाउन्डको बीचमा हुने अपेक्षा गरेको छ।

ब्रिस्टल ओल्ड विक थिएटरले भनेको छ – यदि यो साँच्चै एक प्रामाणिक टोकन हो भने हामी यसलाई नि:शुल्क टिकट दिने हाम्रो नीति अनुसरण गर्नेछौं।

लिलामी घरका प्रवक्ताले भने कि २० वटा सिक्का बचेका छन् र तीमध्ये थोरै मात्र लिलामीका लागि राखिएको छ।

यो थिएटरलाई ‘थिएटर रोयल’ भनेर चिनिन्छ र यो १७६४ र १७६६ को बीचमा किंग स्ट्रीटमा बनाइएको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖