• Thursday 8th of October 2026

फरार कैदी प्रहरीको नियन्त्रणमा


  • धनकुटा खबर
  • .

दाङ । दाङमा शौचालयबाट फरार भएका कैदीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । स्वास्थ्य परीक्षणका लागि अस्पताल पुर्याइएका विवेक नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

दाङको घोराही १८ स्थित रझेना विद्यालय आसपास नजिकैबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख रामबहादुर केसीले जानकारी दिए । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मेडिकल चेकजाँचका लागि पुर्याइएका उनी सोमबार बिहान फरार भएका हुन् ।

मोबाइल चोरेको आरोपमा ३ दिनअघि प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖