• Sunday 4th of October 2026
DhankutaKhabar

Advertisment

SKIP THIS

‘सन्दिपले पाकिस्तानलाई घुँडा टेकाउन सक्छन्’:भारतीय मिडिया


  • धनकुटा खबर
  • .

काठमाडौं, भदौ १३ । एसिया कप क्रिकेट २०२३ मा पहिलो पटक सहभागिता जनाउन लागेको नेपालले आज घरेलु टोली पाकिस्तानसित खेल्दैछ । सोह्रौँ संस्करणको एसिया कपको उद्घाटन खेल पाकिस्तानको मुल्तान क्रिकेट रङ्गशालामा नेपाली सयम अनुसार आज दिउँसो ३ः१५ बजे हुनेछ ।

नेपाली क्रिकेट टोली एकदिवसीय वरियतामा विश्वको नम्बर एक राष्ट्र पाकिस्तानसँग खेल्ने तयारीमा जुटेको हो । नेपाल र पाकिस्तानबीच आजको पहिलो भेटमा पाकिस्तान आईसीसीको एकदिवसीय वरियतामा शीर्ष स्थानमा छ भने अर्कोतर्फ नेपाल पहिलो पटक एसिया कप खेल्दै छ।

तुलनात्मक रूपमा नेपाल कमजोर टोली मानिएपनि यी दुई टोलीबीचको खेल रोचक हुने अनुमान गरिएको छ।
अहिले भारतीय मिडियाले पनि नेपाली खेलाडीलाई स्थान दिइरहेका छन्। भारतीय मिडिया ‘आज तक’ ले नेपाली खेलाडीको प्रशंसा गर्दे समाचार बनाएको छ।

आजतकले नेपाली लेग स्पिनर सन्दीप लामिछानेले पाकिस्तानी ब्याट्सम्यानलाई घुँडा टेकाउन सक्छन् भन्दै समाचार बनाएको छ।

आज तकले लेखेको छ– ‘नेपाली लेग स्पिनर सन्दीप लामिछाने नेपालका स्टार स्पिनर रहेको र उनले आईपीएलमा दिल्ली क्यापिटल्स (डिसी) बाट पनि खेलिसकेका छन्। २३ वर्षीय सन्दीप लामिछानेको एकदिवसीय क्रिकेटमा निकै प्रभावशाली कीर्तिमान छ। अर्कोतर्फ पाकिस्तानी टोली स्पिनरका अगाडि कमजोर देखिन्छ।’

अफगानिस्तानविरुद्ध हालै खेलेको ३ खेलको एकदिवसीय शृंखलामा पाकिस्तानी टोलीको अवस्था नाजुक भएको यसबाट अनुमान लगाउन सकिन्छ।

टोलीले स्पिनरको अगाडि २८ विकेटमध्ये १३ विकेट गुमाएको थियो। यस्तो अवस्थामा पाकिस्तानी ब्याट्सम्यानलाई आफ्नो स्पिनमा फसाउन सन्दीपलाई गाह्रो हुने छैन। उनी पाकिस्तानी टोलीका लागि खतरा बन्न सक्छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖