• Monday 5th of October 2026

३३ वर्षपछि एकसाथ देखिए अमिताभ र रजनीकान्त


  • धनकुटा खबर
  • .

बलिउड अभिनेता अमिताभ बच्चन र दक्षिण भारतीय अभिनेता रजनीकान्तले आगामी फिल्म ‘थलाइवर १७०’ को छायांकन सकाएका छन्।

उनीहरूले मुम्बईको छायांकन पूरा गरेका हुन्। फिल्मको प्रोडक्सन कम्पनीले सामाजिक सञ्जालमा एक पोस्ट सेयर गरेको छ। जसमा अमिताभ र रजनीकान्तलाई एकसाथ देख्न सकिन्छ।

‘जब सुपरस्टार र सम्राट थलाइवर १७० सेटमा भेटे। ३३ वर्षपछि पर्दामा एकसाथ देखिँदैछन्। थलाइवर १७० लेजेन्ड्सको डबल डोज बन्न गइरहेको छ। मुम्बईको सेडियुल सकियो,’ उक्त पोस्टमा लेखिएको छ।
टिजे ज्ञानवेलले निर्देशन गरेको फिल्ममा रजनीकान्तको मुख्य भूमिका छ। यो फिल्म सत्य घटनामा आधारित हुने बताइएको छ। फिल्ममा रजनीकान्त एक मुस्लिम प्रहरी अधिकारीको भूमिकामा देखिँदैछन्।

अमिताभ र रजनीकान्त पछिल्लो पटक सन् १९९१ मा रिलिज भएको ‘हम तुम’ मा सँगै देखिएका थिए। उनीहरूले ‘हम तुम’ बाहेक ‘गिरफ्तार’ र ‘अन्धा कानून’ मा एकसाथ काम गरेका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖