• Monday 5th of October 2026

गाजाको सबैभन्दा ठूलो अस्पतालमा ५५ हजार शरणार्थी, डाक्टरले भ्वाइस नोटमा दुर्दशाको वर्णन गरे


  • धनकुटा खबर
  • .

काठमाडौं । गाजाको सबैभन्दा ठूलो अस्पताल अल शिफा भित्रको अवस्था निकै चिन्ताजनक छ। आइतबार अस्पतालका डाक्टर मारवान अबुसादाले बीबीसीलाई भ्वाइस नोट पठाए।युद्धका कारण विस्थापित करिब ५५ हजार मानिस अस्पतालमा रहेको र कतै ठाउँ नरहेको चिकित्सकले बताए ।

अबुसादाले भने, “अस्पतालमा बिरामीको चाप रोकिएको छैन। यो साता झण्डै सय बिरामीलाई अन्य अस्पतालमा सारिएको छ, तर अझै धेरै बिरामी अस्पतालमा आउने गरेका छन्। हरेक आधा घण्टामा ठूलो सङ्ख्यामा घाइतेहरू उपचारका लागि अस्पताल आउने गरेका छन् ।”

उनी भन्छन्, “एनेस्थेटिक्स, पेन किलर र एन्टिबायोटिकको अभावले अवस्था निकै गाह्रो भइरहेको छ। हामी योभन्दा बढी गर्न सक्दैनौं।”

इजरायलले हमासको मुख्य कमाण्ड सेन्टर अल शिफा अस्पताल अन्तर्गत सञ्चालित भएको दाबी गरे पनि हमासले इजरायलको यो दाबी अस्वीकार गरेको छ ।

अस्पतालमा कार्यरत चिकित्सकहरुले सुरक्षाको माग गरेका छन् ।

आइतवार, समाचार एजेन्सी एपीले गाजा शहरका बासिन्दाहरूलाई उद्धृत गर्दै इजरायली युद्धक विमानहरूले अस्पताल नजिकै रातभर हमला गरेको रिपोर्ट गरेको थियो।

शनिबार गाजामा रहेका बीबीसी संवाददाता रुश्दी अबु अलुफले अस्पताल वरपरका सडकहरू क्षतिग्रस्त भएको बताए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖