उदयपुर । उदयपुरका एक पुरुष ९ दिनदेखि सम्पर्कबिहीन बनेका छन् । जिल्लाको त्रियुगा नगरपालिका वडा नम्बर ६ पात्लेबासस्थित घरबाट राजधानी काठमाडौं जाने भन्दै हिडेका टंकबहादुर थापा झण्डै डेढहप्तादेखि बेपत्ता बनेका हुन् ।
छिमेकी शरद थापाका अनुसार ५४ वर्षीय टंकबहादुर २०८० कात्तिक ४ गते घरबाट काठमाडौं जाने भन्दै हिडेका थिए । तर, उनी जाने भनिएको ठाउँमा अहिलेसम्म नपुगेको र पछिल्लो अवस्था समेत अज्ञात भएपछि परिवारजनले खोजतलास थालेको हो ।
बेपत्ता टंकबहादुरको नाता गोता, छरछिमेक, इष्टमित्र सबै सम्भाबित ठाउँहरुमा समेत खोजनलास भईसकेको छिमेकी सरदले बताए । अभिभावक बेपत्ता भएपछि सरोकारवालालाई खोजी गरिदिन परिवारका सदस्यले आग्रह गरेका छन् ।
पारिवारिक स्रोतले सामाजिक सञ्जालमा एक तस्वीर सार्वजनिक गर्दै टंकबहादुरलाई फेला पार्ने व्यक्तिले नजिकैको प्रहरी चौकी वा परिवारका सदस्यका मोवाईल नम्बर ९८४४६८८१०९, ९८६२९६६५९८, ९८०५९८७५७९ र ९८१३८२०८२९ मा सीधा सम्पर्क गरी जानकारी दिन आग्रह गरिएको छ ।
-उपहार न्यूजबाट
