• Thursday 8th of October 2026

नक्कली कागजात बनाएको आरोपमा प्रहरी जवानसहित दुई जना पक्राउ


  • धनकुटा खबर
  • .

नक्कली कागजात बनाएको आरोपमा प्रहरी जवानसहित दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा उदयपुर बेलका नगरपालिका-१ घर भई काठमाडौं महानरपालिका-३२ बस्ने आशिष श्रेष्ठ र काभ्रे पाँचखाल नगरपालिका-१३ घर घई काठमाडौं महानगरपालिका-९ बस्ने जीवराज तामाङ हुन्।

प्रहरी जवान तामाङ त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा कार्यरत थिए।
उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सोमबार साँझ पक्राउ गरेको हो।

भिजिट भिसामा विदेश जान लागेका व्यक्तिको कागजात शंकास्पद देखिएपछि अनुसन्धानको क्रममा उनीहरूको संलग्नता रहेको भेटिएपछि पक्राउ गरिएको अनुसन्धान कार्यालका प्रवक्ता एसपी रविन्द्र रेग्मीले जानकारी दिए।

उनीहरूको बनाएको उच्च माध्यामिक विद्यालयको सर्टिफिकेट असोज २९ गते विमानस्थलबाट बरामद गरिएको थियो। अनुसन्धानको क्रममा ५ लाख रूपैयाँ लिएर बनाइएको खुलेको छ।

प्रहरीले उनीहरूको साथबाट मोबाइल, ९५ हजार रूपैयाँ नगद, राहदानीको फोटोकपी एक थान बरामद गरेको एसपी रेग्मीले बताए।

थप अनुसन्धान तथा कारवाहीको लागि उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौं पठाएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖