• Thursday 8th of October 2026

नक्कली प्रहरी पुर्पक्षको लागि कारागार चलान


  • धनकुटा खबर
  • .

काठमाडौ जिल्ला अदालतले नक्कली प्रहरीलाई पुर्पक्षका लागि थुनामा पठाएको छ।

ललितपुर गोदावरी नगरपालिका-६ टिकाभैरव घर भई टोखा नगरपालिका-११ भण्डारीटोल बस्ने २२ वर्षीय विश्व मल्‍ललाई अदालतले सोमबार पुर्पक्षको लागि कारागार पठाएको हो।

उनलाई पुर्पक्षको लागि केन्द्रीय कारागार जगन्नाथदेवल चलान गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुंगेलले जानकारी दिए।
असोज ११ गते बिहान साढे ४ बजे उनले बाटोमा हिँडिरहेका सर्वसाधरणलाई बाटो छेकेर आफू सिभिल घुमुवा प्रहरी हुँ तलासी लिनुपर्छ भनेर नक्कली परिचयपत्र देखाएका थिए।

सर्वसाधरणलाई तलासी लिएर दु:ख हैरानी दिएको खबर पाएपछि प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले मल्ललाई फेला परी पक्राउ गरेको थियो।

उनीबाट प्रहरीको नक्कली परिचयपत्र, स्कुटर र डिकीभित्र खुकुरी बरामद भएको थियो।

उनीमाथि प्रहरीले लिखत सम्बन्धी कसुरमा अनुसन्धान गरी सरकारी वकिल कार्यालय काठमाडौंमार्फत अदालतमा मुद्दा दर्ता गरेको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖