• Thursday 8th of October 2026

गायक चक्र बम र कलाकार ‘इकु’सहित जुवा खेलिहरेका ९ जना पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौं । प्रहरीले जुवा खेलिरहेका ९ जनालाई पक्राउ गरेको छ । प्रहरी वृत्त सिंहदरबारको टोलीले गएको शनिबार मैतिदेवीको एक डान्सघरबाट गायक तथा मोडेल चक्र बम, कलाकार सुर्पमान स्याङतान ‘इकु’सहित ९ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कैलालीको गोदावरी नगरपालिका–८ का २९ वर्षीय बमसहित भोजपुर पात्लेपानी–२ का ४५ वर्षीय गणेश विष्ट, ३८ वर्षीय नरेन्द्र विष्ट, ललितपुरका ३८ वर्षीय सुर्पमान, रुकुम पश्चिम बाँफिकोट गाउँपालिका–२ का २६ वर्षीय रोशन सिंह रहेका छन् ।

यसैगरी काभ्रे पाँचखाल नगरपालिका–६ का ६० वर्षीय शंकरप्रसाद आचार्य, रामेछापको राकाथुम–१ घर भएका २८ वर्षीय टाइम मगर, काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–९ घर भएका ३६ वर्षीय सुरेन्द्र साउद र स्याङ्जाको चापाकोट–७ का ३३ वर्षीय घनश्याम अधिकारी रहेका छन् ।

उनीहरूको साथबाट प्रहरीले एकलाख ९० हजार ९२० रुपैयाँ बरामद गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖