• Thursday 8th of October 2026

श्रीमानसँग झगडा भएपछि माइतीबाट चोर बोलाएर आफ्नै घरमा ४० लाख चोरी गरे पछि …


  • धनकुटा खबर
  • .

राजस्थानको दौसामा श्रीमानसँग मनमुटाव भएपछि एक महिलाले घरमै चोरी गरेकी छन् । महानगरको गिरिराज धरान मन्दिर नजिकै १७ लाख ५०

हजार र करिब आठ लाखको गरगहना (कूल नेपाली ४० लाख रुपैयाँ) चोरी भएको जानकारी प्रहरीले पाएको थियो ।अनुसन्धानपछि प्रहरीले अचम्मको सुराग पाएको छ।

अनुसन्धान अघि बढेपछि श्रीमानसँग झगडा भएकाले घरकी श्रीमतीले नै चोरी गरेको प्रहरीलाई थाहा भयो । चोरीका लागि उनले आफ्नै माइतीमा बस्ने चिनेका व्यक्तिको सहयोग लिएकी थिइन् ।

दौसाका विमलेश शर्माले आफ्नी बहिनीको १७ लाख ५० हजार रुपैयाँका गरगहना र आफ्नै करिब आठ लाख रुपैयाँ बराबरका गरगहना चोरी भएको उजुरी दिएका थिए । पीडितको उजुरीका आधारमा प्रहरीले सम्पूर्ण विषयमा अनुसन्धान थालेको थियो ।

यस घटनामा घरका कुनै सदस्यको पनि संलग्नता हुन सक्ने प्रहरीले आशंका गरेको थियो । त्यसपछि प्रहरीले पीडित विमलेश शर्माकी श्रीमतीलाई शंकाको आधारमा नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो ।

प्रहरीको सोधपुछका क्रममा उनले सबै कुरा खुलाएकी थिइन् । त्यसपछि मुख्य अभियुक्त ऋषिकेश मीणा र रामकेश मीनालाई प्रहरीले बिमलेशकी पत्नी आरतीले दिएको जानकारीका आधारमा खोजी गरेको थियो ।

दुवै विमलेशको ससुराली पदमपुरामा बस्थे। प्रहरी त्यहाँ पुगेपछि दुवै फेला परे । जहाँबाट दुवै अभियुक्त पक्राउ परेका छन् । उनीहरूको साथबाट १६ लाख ६६ हजार ५०० रुपैयाँ नगद र अधिकांश गहना बरामद भएको छ ।

आरती शर्माको माइती पनि पदमपुरामा रहेको र आरोपी ऋषिकेशलाई उनले पहिले नै चिनेको बताइएको छ । यहाँ प्रहरीको सोधपुछमा आरोपी आरती र उनका श्रीमान् विमलेशबीच मनमुटाव भएको र यही दरारका कारण आरतीले चोरीको यो खेल खेलेको पनि खुलेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖