• Thursday 8th of October 2026

भारतीय सयपत्री मालाको आयात बन्द


  • धनकुटा खबर
  • .

काठमाडौं । सरकारले भारतीय सत्रपत्री मालाको आयात अनुमति पत्रको सिफारिस रोकेको छ । यससँगै तिहारमा भारतीय सयपत्री मालाको आयात नहुने भएको हो ।

बागमती प्रदेश सरकार, पुष्प विकास केन्द्र गोदावरीले एक सूचना प्रकाशित गर्दै यस वर्ष स्वदेशी उत्पादनले तिहारका लागि माग धान्न सक्ने देखिएका कारण भारतीय सयपत्री मालाको आयात अनुमति पत्रको सिफारिस गर्ने काम १ कात्तिकबाटै रोक लगाइएको जनाइएको छ ।

केन्द्रका अनुसार इजाजतपत्र बेगर आयात गरिएका वस्तु अवैध हुन्छन् ।

यस वर्ष सरकारी तथा निजी संस्थाको संयन्त्रबाट अनुगमन कडा गरिने र अवैध भेटिएमा जफत र दण्ड जरिवाना हुने भन्दै कार्यालयले सचेत समेत गराएको छ ।

विरुवा तथा वनस्पती सम्बन्धी सामग्री आयात गर्दा सम्बन्धित प्लान्ट क्वारेन्टाइन कार्यालयबाट प्रवेश अनुमति लिएर मात्र आयात गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ ।

पुष्पजन्य सामग्री आयात गर्दा पुष्प विकास केन्द्रको सिफारिसमा मात्र प्रवेश इजाजत पत्र जारी हुने गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖