• Thursday 8th of October 2026

घरको छतबाट खस्दा हेटौंडामा बालक गम्भीर घाइते


  • धनकुटा खबर
  • .

हेटौंडा । हेटौंडा–४ रानी दरबार नजिक २ वर्षीय बालक घरको छतबाट खस्दा गम्भीर घाइते भएका छन् ।

घाइते हुनेमा उमा वाग्लेको छोरा अन्दाजी २ वर्षीय आएस वाग्ले रहेको मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीले बताएका छन् । उनी आफ्नै एक तल्ले घर छतबाट खसेका हुन् ।

वाग्लेको उपचारको लागी हेटौंडा अस्पताल लगिएकोमा अस्पतालले थप उपचारको लागी चितवन रिफर गरेको जनाइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖