• Sunday 4th of October 2026
DhankutaKhabar

Advertisment

SKIP THIS

सुनसरीमा छिमेकी महिलालाई सडकमा निकालेर निर्घात कुटपिट, छुट्याउन कोही गएन


  • धनकुटा खबर
  • .

विराटनगर । सुनसरीको रामधुनीमा एक महिलामाथि निर्घात कुटपिट भएको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ । राम धुनी नगरपालिका-८ स्थित पौडेल चौकमा एक महिलामाथि सामूहिक रूपमा निर्घात कुटपिट भएको हो ।

चार जना वयस्क व्यक्ति र एकजना नाबालकसमेत मिलेर महिलामाथि कुटपिट गरेको भिडिओमा देख्न सकिन्छ । स्थानीय सन्तोष साह र उनको परिवार मिलेर यादव समुदायकी एक महिलामाथि कुटपिट गरेको स्थानीयले बताएका छन् ।

घटना मङ्गलबार दिउँसो ११ बजेको भएको स्थानीयको भनाई छ । पीडित महिलालाई घरमा एक्लै भएको बेलामा घरभित्रैबाट कुट्दै बाहिर सडकमा ल्याई कुटिएको हो । तर, छुट्याउनुको सट्टा धेरैजना रमिते भएर भिडिओ खिचेर बसे ।

पटक-पटक झैझगडा भइरहने र प्रहरीकोमा पुगेर मेलमिलापसमेत हुने गरेको प्रहरी चौकी डुम्राहाका असई सनम राजवंशीले जानकारी दिए । दुई-तीन पटक आइन्दा झगडा नगर्ने भनी सहमति गरेर फर्केपनि घटना भइरहेको उनले बताए ।

कुटपिटमा संलग्नमध्ये अहिलेसम्म प्रहरीले एकजनालाई मात्र पक्राउ गरेको छ ।- नेपाल प्रेस

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖