• Tuesday 6th of October 2026

२२ रन बनाउँदै आउट भए गुल्सन झा


  • धनकुटा खबर
  • .

काठमाडौँ । टी-२० विश्वकप छनोट प्रतियोगिताको सेमिफाइनल खेलमा शुक्रबार संयुक्त अरब इमिरेट्स (यूएई) ले दिएको एक सय ३५ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको घरेलु टोली नेपालले आफ्नो दोस्रो विकेट गुमाएको छ ।

नेपालले दोस्रो विकेटका रुपमा गुल्सन झालाई गुमाएको हो । उनी २४ बलमा तीन चौकाको मद्दतले २२ रन बनाउँदै आउट भएका हुन् । उनलाई यूएईका बलर बासिल हमिदले बोल्ड गरेका हुन् ।

उनी आउट हुँदा नेपालले ९.३ ओभरमा दुई विकेट गुमाएर ६७ रन बनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖