• Thursday 8th of October 2026

युवतीको फोटो राखेर ‘कल गर्ल’ भन्दै दुरुपयोग आरोपमा दुईजना विराटनगरबाट पक्राउ


  • धनकुटा खबर
  • .

विराटनगर । युवतीको फोटो दुरुपयोग गर्ने दुई जना विराटनगरमा पक्राउ परेका छन्। पक्राउ पर्नेमा विराटनगरका २४ वर्षीय गौरव जैन र भोजरपुरका ३३ वर्षीय शैलेन्द्र श्रेष्ठ रहेका छन् ।

उनीहरुले इन्स्टाग्रामबाट युवतीको फोटो झिकेर ‘कल गर्ल’ भन्दै पठाउने गरेको आरोप छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई विराटनगरबाट पक्राउ गरेको हो। उनीहरूले ह्वाट्स एपमा ‘नेपाली कल गर्ल’ भन्ने ग्रुप बनाएर फोटो दुरुपयोग गरेको आरोप छ । उक्त ग्रुपमा इन्स्टाग्रामबाट विभिन्न युवतीहरूको फोटो निकाल्ने र विभिन्न व्यक्तिहरूलाई पठाउने गरेको प्रहरीको अनुसन्धानले देखाएको छ।

त्यसपछि उनीहरूले युवतीको फोटो पठाएर निश्चित पैसा र स्थान बार्गेनिङ गर्ने गरेको प्रहरीको भनाइ छ। उनीहरूले विभिन्न पुरुषहरूलाई बार्गेनिङ भएको रकममध्ये आधा पैसा पाएपछि युवतीलाई तोकिएको स्थानमा पठाउने भन्दै म्यासेज पठाउँथे। तर, युवतीसम्म उनीहरु पुग्दैन थिए । पुरुषबाट पैसा लिएपछि उनीहरु सम्पर्कविहीन हुने गरेका थिए ।

उनीहरूले कल गर्ल चाहिएमा निश्चित ह्वाटसएप नम्बर सामाजिक सञ्जालमा राखेका थिए। महिलाको फोटो छनौट गरेपछि अनलाइनमार्फत् पैसा तिर्नुपर्ने समेत सामाजिक सञ्जालको ग्रुपमा सूचना राखेका थिए। मोरङ प्रहरीका प्रमुख दिपक पोखरेलले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सहयोग मागेको भएपनि त्यसको आधिकारिक सूचना आफूसँग नभएको जानकारी दिए ।-आवरविराटनगरबाट

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖