• Monday 5th of October 2026

५८ वर्षमा शाहरूख खानले राखेका ५८ रेकर्ड


  • धनकुटा खबर
  • .

बलिउड अभिनेता शाहरूख खानको बिहीबार ५८ वर्षका भए। उनका धेरै बलिउड फिल्म बक्स अफिसमा सफल भएका छन्। उनका कारण भारतीय फिल्म अन्तर्राष्ट्रिय स्तरमा प्रख्यात हुन समेत सहयोग मिलेको छ।
आफ्नो काममा जिवन्त अभिनय गर्ने उनले अहिलेसम्म धेरै रेकर्ड राखिसकेका छन्। फिल्म क्षेत्रमा उनले आफ्नो उमेर जत्तिकै अर्थात्, ५८ वटा रेकर्ड राखेका छन्।

यस्ता छन् उनले बनाएका रेकर्ड
१) शाहरूखले विश्वव्यापी रूपमा उच्च कमाइ गरेका छन्। सन् २००० देखि २००४ सम्म उनको फिल्म सबैभन्दा धेरै कमाउने बलिउड फिल्मको शीर्ष स्थान छ।
२) उनको फिल्मले एकै वर्षमा सबभन्दा धेरै कमाएका छन्। सन् २०२३ मा ‘पठान’ र ‘जवान’ ले २२ अर्ब भारू कमाएका छन्। उनको नयाँ फिल्म ‘डंकी’ रिलिज हुँदैछ। यो फिल्मले पनि पहिलाभन्दा धेरै कमाउने निर्माण टिमले प्रचार गरिरहेका छन्।
३) उनी एक वर्षमा सर्वाधिक कमाइ गर्ने फिल्मका अभिनेता बनेका छन्।

४) उनी एक दिनमा विश्वव्यापी रूपमा सर्वाधिक कमाइ गर्ने हिन्दी फिल्मका अभिनेता बनेका छन्।
५) उनी विश्वव्यापी रूपमा एक दिनमै सय करोड भारू कमाउने अभिनेता बनेका छन्।
६) उनी बलिउड अभिनेतामध्ये वर्षको सबैभन्दा धेरै कमाउनेको सूचीमा छन्।
७) उनको फिल्म ‘चेन्नई एक्सप्रेस’ ले प्रदर्शन हुनुअघि नै धेरै कमाएको रेर्कड राखेको थियो।
८) यो वर्ष उनी सबैभन्दा धेरै कमाइ गर्ने भारतीय अभिनेता बनेका छन्।
९) उनी विदेशी बक्स अफिसमा सबभन्दा धेरै कमाइ गर्ने भारतीय अभिनेता बनेका छन्।
१०) उनले हिन्दी बक्स अफिसमा एकै दिनमा सबैभन्दा बढी ४०, ५०, ६० करोड भारू कमाएका छन्।

११) उनी एक मात्र अभिनेता हुन् जसको दुई फिल्मले छिटो र लगातार ५०० करोड भारू कमाएका छन्।
१२) उनका दुई फिल्मले लगातार र छिटो हजार करोड रूपैयाँ विश्वव्यापी कमाइ गरेका छन्।
१३) विदेशमा १० मिलियन डलरभन्दा धेरै कमाउने सबभन्दा धेरै फिल्म शाहरूखकै छन्।
१४) विदेशमा लगातार र छिटो १० मिलियन डलर कमाउने फिल्म पनि उनकै हो।
१५) रिलिजको दिन विश्वप्यापी रूपमा सबभन्दा धेरै कमाउने बलिउडका अभिनेता उनै हुन्।
१६) शाहरूख मात्र यस्ता भारतीय अभिनेता हुन् जसले आफ्नै ‘ओपनिङ’ का साथै सप्ताहन्त, पहिलो साता र लाइफटाइम कमाइको रेकर्ड तोडेका छन्।
१७) नयाँ निर्देशकहरूसँग काम गरेर ब्लकबस्टरहरू फिल्म दिने भारतीय अभिनेता उनै हुन्। त्यो पनि दुईपटक।

१८) नयाँ निर्देशकहरूलाई फिल्मको ओपनिङमा रेकर्ड बनाउने फिल्म दिने भारतीय अभिनेता उनी मात्र हुन्।
१९) भिसिडीको आगमनपछि सबभन्दा धेरै ओपनिङ गर्न हिन्दी फिल्म उनकै हुन्।
२०) उनले अन्तर्राष्ट्रिय रिलिजको पहिलो चरणमा ४० मिलियन कमाइ गरे। बलिउड अभिनेतामध्ये अन्तर्राष्ट्रिय कमाइ गर्नेहरूको संख्यामा सबैभन्दा धेरै कमाइ उनकै हो।
२१) अन्तर्राष्ट्रिय रिलिजको पहिलो चरणमा सबैभन्दा धेरै ३, ४, ५, ६ मिलियन एक दिनमा कमाउने भारतीय अभिनेता पनि हुन्।
२२) उनको फिल्म ‘जवान’ युएई बक्स अफिसमा सबैभन्दा धेरै कमाउने भारतीय फिल्म हो।
२३) उनको फिल्म ‘जवान’ बगंलादेश बक्स अफिसमा सबैभन्दा धेरै कमाउने भारतीय बनेको छ।
२४) उनको फिल्म ‘पठान’ उत्तरी अमेरिकामा सबैभन्दा धेरै कमाउने भारतीय फिल्म बन्दै गएको छ।
२५) उनको फिल्म ‘दिलवाले’ मलेसियामा सबैभन्दा धेरै कमाउने भारतीय चलचित्र बनिरहेको छ।

२६) ८ वर्ष अवधिमा हिन्दी बक्स अफिसमा सबभन्दा धेरै हिट फिल्म दिने उनै हुन्।
२७) भिसिडीको आगमनपछि उनले एक वर्षमा १० करोडभन्दा बढी टिकटहरू बेचेका छन्। यो हालसम्म उनले मात्र गर्न सकेका छन्।
२८) पश्चिम बंगालमा उनले अहिलेसम्मका धेरै रेकर्डहरू तोडेका छन्।
२९) युके बक्स अफिसको दस शीर्ष स्थानमा सबैभन्दा धेरै भारतीय मूलका फिल्महरू उनकै हुन्।
३०) उनको फिल्म ‘कल हो ना हो’ अझै पनि युके बक्स अफिसमा भारतीय फिल्मका लागि धेरै स्क्रिन पाउनेमध्येको हो।
३१) ‘पठान’ युके बक्स अफिसमा सबैभन्दा धेरै कमाउने भारतीय बन्यो। यो ४ मिलियन कमाइ पार गर्ने एक मात्र भारतीय फिल्म हो।
३२) उत्तर अमेरिकामा १५ मिलियन कमाउने भारतीय फिल्म उनका मात्र हुन्।

३३) उनले भारतमा हिन्दी फिल्मका लागि सबैभन्दा धेरै अग्रिम टिकट बिक्रीको रेकर्ड राखेका छन्।
३४) उनले अन्तर्राष्ट्रिय रूपमा हिन्दी फिल्मका लागि सबैभन्दा धेरै अग्रिम टिकट बिक्रीको रेर्कड राखेका छन्।
३५) भारतमा अग्रिम बुकिङको पहिलो दिनमा उनकै फिल्मले सबभन्दा धेरै बुकिङ पाएको छ।
३६) उनको दुइवटा फिल्मले एउटै भाषामा १००० करोडभन्दा बढी कमाइ गरेका छन्।
३७) ‘जवान’ राष्ट्रिय सिनेमा दिवसमा सबभन्दा धेरै टिकट बेच्ने बलिउड फिल्म हो।
३८) ‘जवान’ यसको डब संस्करणका लागि सबैभन्दा धेरै कमाउने हिन्दी मूलको फिल्म हो।
३९) दिवाली (तिहार) मा सबैभन्दा धेरै हिट फिल्म दिने अभिनेता उनै हुन्।

४०) उनी शीर्ष राष्ट्रिय मल्टिप्लेक्सहरूमा सबैभन्दा धेरै कमाउने भारतीय अभिनेता हुन्।
४१) उनी एक वर्षमा शीर्ष राष्ट्रिय मल्टिप्लेक्सहरूमा सबैभन्दा धेरै कमाउने भारतीय अभिनेता हुन्।
४२) बलिउड अभिनेतामध्ये उनले विदेशमा वर्षको सबैभन्दा धेरै कमाउँछन्।
४३) उनले आफ्नो अभिनय यात्रामा दुइपटक ब्याक टू ब्याक रेकर्ड विश्वव्यापी ओपनर दिएका छन्।
४४) उनले हिन्दी अभिनेताबीच ग्लोबल बक्स अफिसमा प्रत्यक्ष टक्करमा नहारेको सबैभन्दा लामो अवधि छ।
४५) अन्तर्राष्ट्रिय रिलिजको पहिलो चरणमा विदेशमा ४०० करोड रूपैयाँ कमाउने उनी एकमात्र बलिउड अभिनेता हुन्।

४६) एक वर्षमा ३ करोडभन्दा दर्शक पाउने लगातार दुइटा फिल्म दिने एक मात्र भारतीय अभिनेता शाहरूख हुन्।
४७) एक वर्षमा भारतमा १४०० करोड भन्दा बढी कमाउने एक मात्र बलिउड अभिनेता पनि हुन्।
४८) उनको फिल्म ‘जब तक है जान’ ले विश्वव्यापी रूपमा प्रत्यक्ष टक्करमा २०० करोड भन्दा बढी कमाएको थियो।
४९) उनको फिल्म ‘दिलवाले’ ले प्रत्यक्ष भिडन्तमा विश्वभर ३०० करोडभन्दा बढी कमाउने फिल्म थियो।
५०) ‘जवान’ ले सबैभन्दा छिटो हिन्दी संस्करणका लागि अघिल्लो सबै समयको रेकर्ड तोडेको छ।
५१) ‘जवान’ ले यो वर्षमा पहिलो दिनमै बलिउडको सबै फिल्मको रेकर्ड तोडेको छ।

५२) उनले एकै वर्षमा ठूला शीर्ष भारतीय राष्ट्रिय मल्टिप्लेक्समा उद्घाटनकै दिन १० लाखभन्दा बढी टिकट बेचेका छन्।
५३) उनको फिल्म ‘जवान’ ले बक्स अफिसमा पाँचौं हप्ताको तुलनामा छैटौं हप्ता बढी कमाएको छ।
५४) समकालीन अभिनेताबीच भारतीय बक्स अफिसमा उनीसँग वर्षको सबैभन्दा धेरै कमाउने रेकर्ड छ।
५५) ‘जवान’ ले हिन्दी फिल्मका लागि सबैभन्दा धेरै हल सेयर दर्ता गरेको छ।

५६) ‘जवान’ एउटै फिल्मले सबैभन्दा बढी नाफा सेयर प्राप्त गर्ने रेकर्ड बनाएको छ।
५७) बलिउडमा उनी मात्र एक अभिनेता हुन् जसका दुई फिल्मले ५०० करोड भारू कमाएका छन्।
५८) बलिउडमा उनी मात्र एक अभिनेता हुन् जसका दुई फिल्मले हजार करोड भारू कमाएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖