• Tuesday 6th of October 2026

नेपाललाई ठूलो झट्का– कुशल भुर्तेल आउट


  • धनकुटा खबर
  • .

काठमाडौं । टी–२० विश्वकप छनोटको फाइनलमा नेपालले खराब सुरुवात गर्दै तीन विकेट गुमाएको छ ।

विष्फोटक ब्याटिङ गरिरहेका कुशल भुर्तेल पनि आउट भएका छन् ।

टस जितेर ब्याटिङ रोजेको नेपालले ७।१ ओभरमा ४९ रन जोड्दा तेस्रो विकेट गुमाएको हो ।

आउट हुनुअघि भुर्तेलले २२ बलमा ३१ रन बनाए । उनले ३ चौका र दुई छक्का प्रहार गरेका थिए ।

यसअघि नेपालले आसिफ शेख र सन्दीप जोरालाई सस्तैमा गुमाएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖