धनगढी । कञ्चनपुरमा बेपत्ता महिला मृत अवस्थामा फेला परेकी छन् ।
आइतबारदेखि बेपत्ता भएकशी शुक्लाफाँटा नगरपालिका-७ कि नारूदेवी जाेशी मृत भेटिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी ) प्रकाश डाँगीले जाेशी साेमबार बिहान मध्यवर्ती सामुदायिक वनमा मृत अवस्थामा भेटिएको जानकारी दिए ।
उनकाअनुसार मृत भेटिएकी महिलाकाे घाँटीमा निल,डाम रहेकाले हत्याको आशंका गरिएको छ ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
