• Thursday 8th of October 2026

किशोरीको बलात्कारपछि हत्या, एक जना पक्राउ


  • धनकुटा खबर
  • .

गुल्मीमा गत शुक्रबार मृत फेला परेकी किशोरीको बलात्कारपछि हत्या भएको खुलेको छ।

हत्या आरोपमा प्रहरीले बाँके खजुरा गाउँपालिका-७ घर भई चन्द्रकोट बस्ने २३ वर्षीय रहिस खाँलाई पक्राउ गरेको हो।

शुक्रबार बिहान चन्द्रकोट-४ हुग्दी खोलामा १५ वर्षीया किशोरीको शव फेला परेको थियो। जिल्ला प्रहरी कार्यालय गुल्मीका एसपी नवीन किशोर प्रधानले किशोरीमाथि बलात्कारसमेत भएको बताए।

किशोरीको घाँटी थिचेर हत्या भएको अनुसन्धानबाट खुलेको छ। प्रहरीले यस घटनामा थप अनुसन्धान गरिरहेको छ। बिहीबार दिउँसो धान काट्न किशोरी र उनको परिवार खेतमा पुगेको थियो। सुर्ती किन्न पठाएपछि गएकी किशोरी फर्किएकी थिइनन्।

भोलिपल्ट बिहान किशोरी मृत अवस्थामा फेला परेकी थिइन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖