• Friday 9th of October 2026

गोप्य अंग देखाएको भन्दै माओवादीले कारबाही गरेकी बराल रास्वपा प्रवेश गर्ने तयारी


  • धनकुटा खबर
  • .

काठमाडौ । गोप्य अंग देखाएको भन्दै माओवादीले कारबाही गरेकी बराल रास्वपा प्रवेश गर्ने तयारी टिकटकमा गोप्य अंग देखाएको भन्दै माओवादी केन्द्रले कारबाही गरेकी रुपन्देहीकी शान्ती बराल रास्वपा प्रवेश गर्ने तयारी गरेकी छन । एकीकृत माओवादी केन्द्रले सामाजिक सञ्जालमा अश्लील हर्करत गरेको भन्दै कारबाहीमा परेकी बराललाई रास्वपाका नेताहरूले पार्टीमा आउन भनेपछि पार्टी प्रवेशको तयारी गरेकी हुन ।

रास्वपाका स्थानीय नेताहरूले कारबाहीमा परेलगत्तै भेटेर बराललाई रास्वपा प्रवेश गराउने तयारी गरेका थिए । सामाजिक सञ्जालमा सक्रिय बरालका कारण चुनावमा मत प्रभावित गर्न सक्ने भएकाले पार्टी प्रवेश गराउने तयारी थालेको रास्वपाका स्थानीय नेताहरूले रवि लामिछानेलाई जानकारी गराइसकेका छन ।

बराल गएको चुनावमा रुपन्देहीको क्षेत्र नम्बर ३ मा नेपाली काँग्रेसका बालकृष्ण खाँडका पक्षमा खटिएकी थिइन । सामाजिक सञ्जालमा संवेदनशील अङ्गको प्रदर्शन गरेर फलोवर्स बटुलेको आरोपसहित माओवादी केन्द्र रुपन्देही सैनामैना नगरकमिटीमा आबद्ध बराललाई सोमबारमात्रै साधारण सदस्य समेत नरहने गरि कारबाही गरेको विज्ञप्तिमार्फत सार्वजनिक भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖