• Monday 5th of October 2026

गायक हेमन्त शर्माले दिए किक्रेट टीमलाई ५० हजार


  • धनकुटा खबर
  • .

काठमाडौं । गायक हेमन्त शर्माले घोषणा गरेको पुरस्कार स्वरुपको रकम नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेललाई हस्तान्तरण गरेका छन् ।
आज बिहान नेपाली क्रिकेट टिमका खेलाडीद्वय क्याप्टेन पौडेल र कुशल भुर्तेललाई पूर्वघोषित ५० हजार रुपैयाँ हस्तान्तरण गरेका हुन् । गायक शर्माले यसअघि आईसीसी टि २० विश्वकप एसिया छनोटको सेमिफाइनलमा यूएईलाई पराजित गरे नेपाली क्रिकेट टोलीलाई ५० हजार दिने घाेषणा गरेका थिए ।

उनले सामाजिक सञ्जाल फेसबुकमा उक्त रकम घोषणा गर्दै यस्तो लेखेका थिए,‘मन मात्र हो धन हैन है। भाईहरू हो आज मात्र क्रिकेट जितिदेउ ।आज जितेउ भने मेरो तर्फबाट रू ५०,०००र सम्पूर्ण “टिम नेपाल”लाई । एक पटकको खाजा खर्चै भए नि ।’

नेपालले सेमिफाइनलमा यूएईलाई हराएर विश्वकपमा छनाैट भएकाे छ । गायक शर्माले पूर्वघोषित रकमबापतको चेक आज नेपाली टिमलाई हस्तास्तरण गरेका हुन् । उनले आफूले बोलेको कुरा पूरा गर्दा खुसी लागेको बताएका छन् ।

शर्माले दिएको रकममा थपेर भूकम्पमा क्षति पुगेको जाजरकोटका क्रिकेटर अनुज चुनाराको घर मर्मतको लागि पठाउने कप्तान
पौडेलले बताएका छन् । कप्तान पौडेलको घोषणाबाट आफू थप खुसी भएको शर्माले फेसबुकमार्फत बताएका छन् ।

उनले लेखेका छन्,‘आज बिहान नेपाली क्रिकेट खेलाडीद्वय क्याप्टेन रोहित पौडेल तथा कुशल भुर्तेल साथ साथै उहॉहरूका सहयोगी रबि तिमल्सिना सँग भेट गरेर अस्ति बोलेको कुरा पुरा गर्दा खुशी मिल्यो। मीठा कुराकानी पनि भए। खुशी त तेतिबेला अझ दोब्बर भयो जब उहाँहरूले “ दाईको यो सहयोगमा हाम्ले अरू थपेर अस्ति रातीको भुकम्पले क्षतिग्रस्त भएको क्रिकेटर अनुज चुनाराको घर मरम्मतका निम्ति पठाउछौ” जो भन्नुभो१ यतिबेला स्वभाविक अति ब्यस्त खेलाडीको भेटघाट समन्वय गरिदिने लोकप्रिय खेल पत्रकार विनोद पाण्डे जिलाई पनि बिशेष धन्यवाद ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖