कैलाली । अरिङ्गालले टोक्दा अछाममा १ महिलाको मृत्यु भएको छ ।
जिल्लाको चौरपाटी गाउँपालिका–४ पायलकी ३५ बर्षिया सरस्वती देउकरको अरिङ्गालको टोकाइबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ ।
मंगलबार दिउँसो घर नजिकै रहेको बारीमा कोदोको नल काट्ने क्रममा अरिङ्गालको टोकाइबाट उनी घाइते भएकी थिइन् ।
