• Sunday 4th of October 2026

नेपाल खराब स्थितिमा, ८२ रनमा ५ विकेट


  • धनकुटा खबर
  • .

काठमाडौं । एसिया कपअन्तर्गत पाकिस्तानविरुद्ध ३४३ रनको लक्ष्य पछ्याएको नेपालले पाँचौं विकेट गुमाएको छ ।

नेपालले १७.२ ओभरमा ५ विकेट गुमाएर ८२ रन जोडेको छ । नेपालका सोमपाल कामीले २८ र आरिफ शेखले २७ रन जोडे । यी दुईले चौथो विकेटका लागि ५९ रनको साझेदारी गरेका थिए ।

नेपालले ७२ रन जोड्दा ह्यारिस रौफले आरिफलाई आउट गर्दै उक्त साझेदारी तोडे । त्यसपछि रौफको बलमा सोमपाल आउट भएका हुन् ।

नेपालले १४ रनमै ३ विकेट गुमाएको थियो । कुशल भुर्तेल ८ र आसिफ शेख ५ रनमा आउट भए भने कप्तान रोहित पौडेलले खाता खोल्न सकेनन् । पाकिस्तानका रौफ र साहिन शाह अफ्रिदीले २/२ र नसिम शाहले एक विकेट लिएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖