• Friday 9th of October 2026

काठमाडौंबाट स्रोत नखुलेको नगद २६ लाख ५७ हजार रकमसहित दुई जना पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौंबाट स्रोत नखुलेको नगद २६ लाख ५७ हजार रूपैयाँसहित २ जनालाई पक्राउ गरेको छ।

काठमाडौं महानगरपालिका-२४ इन्द्रचोकबाट मंगलबार दिउँसो दुई जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा बर्दिया गेरूवा गाउँपालिका-२ घर भई हाल काठमाडौं जडिबुटी बस्ने २८ वर्षीय पुष्प सोडारी र काठमाडौं महानगरपालिका-१० बिजुलीबजार बस्ने ३९ वर्षीय अभिषेक अग्रवाल छन्।

प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले सोडारीलाई उक्त रकमसहित पक्राउ गरी थप अनुसन्धानको क्रममा उक्त रकम अभिषेकबाट लिएको भनी खुलेपछि उनलाई समेत प्रहरीले पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖