• Friday 9th of October 2026

कराँतेका दुई प्रशिक्षकलाई ८ वर्ष कैद र ३ लाख जरिवाना


  • धनकुटा खबर
  • .

विराटनगर। सामूहिक बलात्कारको आरोप लागेका कराँतेका दुई जना प्रशिक्षकलाई जिल्ला अदालत मोरङले कैद र जरिवानाको फैसला गरेको छ ।

सामूहिक बलात्कारमा दोषी ठहर भएका विराटनगर महानगरपालिका–४ का सुरज भनिने अमर सुवेदी र विराटनगर–३ का विनोद राउतलाई जनही ८ वर्ष कैद सजाय र ३ लाख रूपैयाँ जरिवाना हुने फैसला गरेको हो ।

न्यायाधीश अम्बिकाप्रसाद दाहालको इजलासले यसअघि दुवै जनालाई दोषी ठहर गरेको थियो । बुधबार कैद सुनाएको हो । मोरङ अदालतका सूचना अधिकारी ओमराज सुवेदीका अनुसार जबरजस्ती करणीतर्फ जनही ७ वर्ष र सामूहिक करणीतर्फ थप १ वर्ष गरेर ८ वर्ष कैद सजायको फैसला भएको हो ।

दुवै जनालाई जनही ३ लाख जरिवानासमेत भएको बताए । न्यायाधीश दाहालकै इजलासले उनीहरुलाई गत बुधबार कसूदार ठहर गरेको थियो । सुवेदी र राउत राष्ट्रिय खेलकुद परिषद्का स्थायी प्रशिक्षक थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖