• Friday 9th of October 2026

प्रहरीले जफत गरेका ‘सेक्स टोय’ अबैध नभएको खुलासा


  • धनकुटा खबर
  • .

धनगढीः कैलालीको धनगढीबाट बरामद गरिएका ‘सेक्स टोय’ अबैध नभएको खुलेको छ।

कैलाली प्रहरीले सोमबार बरामद गरेका सेक्स टोय अबैध नभई बैधानिक रुपमा आयात गरिएको धनगढी उपमहानगरपालिका–१ शिवनगरका पंकज चन्दले बताए। बैधानिक रुपमा राज्यलाई कर तिरेर भारतबाट नभई काठमाण्डौँबाट सेक्स टोय ल्याएको र प्रहरीले भारतबाट अबैध रुपमा आयात गरेको भन्दै जबरजस्ती बरामद गरेको उनको तर्क छ ।

प्रहरीले सेक्स टोय अर्थात् यौन खेलौना अबैध भन्दै बरामद थियो। तर चन्दले बैधानिक रुपमा आयात गरेको प्रमाण समेत प्रहरीलाई पेस गर्दा पनि जबरजस्त ती सामान भन्सार कार्यालय पठाएको उनले बताए। धनगढी उपमहानगरपालिका–१० बाट दुई लाख ४२ हजार मूल्य बराबरका ४८ वटा सेक्स टोय बरामद गरिएको प्रहरीले बताए पनि १४ हजारभन्दा बढीको सामान नभएको उनले बताए।

‘मैले काठमाण्डौँबाट एक सय ३६ सेक्स टोय बैधानिक रुपमा आयात गरेको थिए, त्यसमध्ये अरु विक्री भएर बाँकी रहेका ४८ थान अबैध भन्दै प्रहरीले नियन्त्रणमा लियो।’ जबकी बैधानिक रुपमा भारतबाट नभई काठमाण्डौँबाट ल्याएको सबै प्रमाण देखाउँदा पनि आफु अनावश्यक रुपमा समस्या परेको उनको गुनासो छ।-दिनेश खबर

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖