• Monday 5th of October 2026

दिपासाका आमा बुवालाई कसले दिएको थियो टर्चर ?


  • धनकुटा खबर
  • .

अभिनेत्री दिपाशा बीसीको २८ वर्षको उमेरमै आत्महत्या गरेकी छ ।श्रोतका अनुसार, बुधबार बेलुकी साढे ८ बजे दीपाशाले आफ्नै घरमा बिष सेवन गरेकी थिइन् ।

यसपछि, उनलाई परिवारका सदस्यले उपचारका लागि नर्भिक अस्पताल पुर्याएका थिए ।उनको उपचारका क्रममा आज दिउँसो निधन भएको हो । नजिकको स्रोतका अनुसार उनले व्याजमा पैसा लिएको र समयमै तिर्न नसकेपछि क्रणदाताले बुवा आमालाई टर्चर दिएको कारण आत्महत्याको बाटो रोजेको कलाकारहरुले जनाएका छन्।

अभिनेत्री तथा मोडल दीपाशा बिसी सुर्खेतमा जन्मिएकी थिइन्। सानैदेखि धेरै बोल्ने स्वभावकी उनले देखेको पहिलो सपना नै नृत्य गर्नु थियो। त्यहीकारण स्कुलका थुप्रै कार्यक्रममा नृत्य गरेको बताउँथिन्।

तर, बुवाआमाले नृत्यमा देखेको उनको सपनालाई मन पराउँदैनथे। दीपाशाले एकदिन आफ्नो सपना र संघर्ष सम्झिँदै भनेकी थिइन्, ‘हाम्रोतिर नृत्य गर्नुलाई राम्रो मानिदैँनथ्यो। त्यसमाथि छोरी मान्छेले नाच्दा उत्ताउलो भई भन्थे।’

स्कुल पढ्दा नै उनले सुर्खेतकै स्थानीय नृत्य समूह बागिनामा भर्ना भएर नृत्य सिकेकी थिइन्। बागिना समूहले त्यतिबेला लोक नृत्य सिकाउँथ्यो।

सन् २०११ म गोपीकृष्ण फिल्मसले ‘को बन्छ कलाकार’ नामको रियालिटी शो गर्ने भयो। दीपाशाले सुर्खेतबाटै अडिसन दिइन्।

अडिसनपछि उनलाई गोपीकृष्ण फिल्म्सले प्रतियोगिताको अन्य चरणका लागि काठमाडौं बोलायो। उनको त्यो यात्रा उत्कृष्ट २० मा पुगेर टुङ्गियो।

‘को बन्छ कलाकार’कै क्रममा दीपाशाको भेट चलचित्र निर्माता तथा निर्देशक शोभित बस्नेतसँग भयो। शोभितले उनलाई ‘दुलही रानी’ फिल्ममा खेलाए।

यो फिल्ममा दीपाशाले छोटो भूमिका निर्वाह गरेकी थिइन्। त्यसपछि उनले ‘यही त होला माया भनेको’बोलको लोकगीतमा अभिनय गरिन्।

यस गीतपछि दीपाशाले लगातार लोक गीतका म्यूजिक भिडिओमा आफ्नो नृत्य र अभिनय कौशल देखाइन्।

ल्गातार म्यूजिक भिडिओमा काम गरिरहेकी दीपाशालाई टेलिभिजनमा पहिलो पटक देख्दा हजुरआमाले धेरै चित्त दुखाएकी थिइन्। जुन कुरा दीपाशाले साथीहरूलाई सुनाउने गरेकी थिइन्।

दीपाशाका बुवाआमाले पनि छोरीको अभिनय मोहलाई लिएर लामो समय मन दुखाए। समाजका सदस्यले दीपाशाका बुवाआमा भनेर चिन्न थालेपछि मात्रै परिवारले उनको कामलाई मनैबाट स्वीकारेका एक भेटमा दीपाशाले सुनाएकी थिइन्।

लोक संगीत क्षेत्रकी लोकप्रिय मोडल दीपाशाले थुप्रै आधुनिक गीत र केही फिल्ममा पनि अभिनय गरिन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖