धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका एक युवकको मृत्यु भएको छ ।
हत्या अभियोगमा पक्राउ परेका धनगढी उपमहानगरपालिका वडा नम्बर१६को बेहडाबाबाका ३१ वर्षीय कृष्ण सेट्टीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी ) कुलदिप चन्दले बिहीबार बिहान बयान लिने क्रममा ढलेर बेहोस भएका सेट्टीलाई उपचारका लागि सेती प्रादेशिक अस्पतालमा लगिएको चिकित्सकले मृत घोषणा गरेको बताए ।
उनी धनगढी उपमहानगरपालिका- १६ बेहडाबाबा विद्यालय क्षेत्रमा बाँसको लाठी प्रहार गरेर ३८ वर्षीय लालबहादुर थापाको हत्या गरेको अभियोगमा पक्राउ परेका थिए ।मृतकको शव परीक्षणका लागि प्रादेशिक अस्पतालमा राखिएको छ ।
