• Monday 5th of October 2026

घरमै बिष सेवन गरेपछि दीपाशालाई अस्पताल पुर्याइएको थियो


  • धनकुटा खबर
  • .

मोडल तथा अभिनेत्री दीपाशा बीसीको शरीरमा बिषको मात्रा धेरै देखिएको नर्भिक अस्पताल श्रोतले जानकारी दिएको छ । श्रोतका अनुसार, बुधबार बेलुकी साढे ८ बजे दीपाशाले आफ्नै घरमा बिष सेवन गरेकी थिइन् ।

यसपछि, उनलाई परिवारका सदस्यले उपचारका लागि नर्भिक अस्पताल पुर्याएका थिए । उनको उपचारका क्रममा आज दिउँसो साढे १२ बजे निधन भएको हो ।

उनले, आफै बिषय सेवन गरिन् या अरुले खुवाइदिएका थिए भन्ने केही पनि खुलेको छैन ।

म्युजिक भिडियो क्षेत्रमा राम्रो नाम कमाइरहेकी दीपाशालाई ‘जलपरि’ उपनामले समेत दर्शकले चिन्दै आएका थिए । उनको निधनको खबरले सिंगो कला क्षेत्र नै स्तब्ध भएको छ ।

सामाजिक संजालमा उनको निधनमा फिल्म, लोकदोहोरी तथा मोडलिङ क्षेत्रका व्यक्तिहरुले श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖